उद्योगी व्यवसायीहरुलाई सरकारले सहयोग गर्नुपर्छ : इन्द्रबहादुर बानियाँ

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले देशमा आर्थिक संकट परिरहेको बेला उद्योगी व्यवसायीहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेशका सांसद एवम् पूर्व गृह राज्यमन्त्री समेत रहेका बानियाँले पाँचौँ मनहरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उद्योगी व्यवसायीहरु निराश भइरहेका बेला सरकारले ढाडस दिनुपर्ने बताएका हुन् । राजनीति कमाउन नभई सेवाका लागि गर्नुपर्ने र आम नागरिक, उद्योगी व्यवसायीको हित मुख्य उद्देश्य नेतृत्वको हुनुपर्ने उनले बताए ।
मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने कार्यका लागि महोत्सव फलदायी हुने उनले बताए । महोत्सवले मनहरीको पर्यटन विकासमा समेत महत्त्वपूर्ण योगदान हुने उनको भनाई छ ।
बानियाँले रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा विकास गर्नुपर्ने बताए । मनहरी बजार जोगाउनका लागि तटबन्धन निर्माण गर्न पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।बानियाँले पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विकासका लागि यहाँ स्थानीय सरकारले गरिरहेको प्रयत्न गरिरहेको समेत बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पश्चिम मकवानपुरको समृद्धिका आधार पहिचान गर्न महोत्सवले भूमिका खेल्ने बताए । उनले स्थानीय स्तरको पर्यटन कृषि उद्योग लगायतका क्षेत्रको सम्भावनाहरुलाई पहिचान र प्रदर्शन गर्नका लागि महोत्सव उपयोगी भएको बताए । स्थानीय तहमा गाउँपालिकाले सञ्चालन गरिरहेको हाट बजारले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उनको भनाई छ ।
उद्घाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नम्बर वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गरिएको थियो भने मनहरी बजार हुँदै रिभर साइडबाट महोत्सवस्थल शोभा यात्रा गरिएको थियो । मनहरी खोला किनारमा व्यवस्थापन गरिएको माघ १६ गतेदेखि सुरु भई माघ २८ गतेसम्म १२ दिन सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न