अफ्रिका कप : माली र दक्षिण अफ्रिका क्वारटरफाइनलमा
काठमाडौँ । अफ्रिका कप अफ नेसन्समा माली र दक्षिण अफ्रिका क्वाटरफाइलनमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा मालीले बुर्किनाफासोलाई २–१ गोल अन्तरले पराजित गर्दा दक्षिण अफ्रिकाले मोरक्कोलाई २–० ले स्तब्ध बनाउँदै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
मालीले बुर्किनाफासोलाई हराउँदा १ गोल उपहार पाएको थियो । तेस्रो मिनेटमै बुर्किनाफासोका एडमन्ड फेकल तपसोबाले आफ्नै पोस्टमा गोल गरेपछि मालीले अग्रता लिन सफल भयो । ४७ औँ मिनेटमा लेसिन सिनायोकोले गोल गरेपछि माली २–० ले अघि बढेको थियो ।
५७ औँ मिनेटमा बुर्किना फासोका लागि बेट्रान्ड टारोएले पेनाल्टीमा गोल गर्दै अन्तर २–१ मा झारे पनि अन्तिम ८ मा पुग्न असफल भयो ।
अर्को खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २–० ले पराजित गर्न सफल भयो । इभिडेन्स माकगोपाले ५७ औँ मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।
८५ औँ मिनेटमा मोरक्कोका असरफ हकिमीले पेनाल्टी मिस गर्दा खेल बराबरी गर्नेक्ष् मौका गुमायो । दोस्रो हाफको अतिक्ति चौथो मिनेटमा सोफयान अमराबत दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा मोरक्को १० खेलाडीमा समेटियो । त्यसको १ मिनेटमै दक्षिण अफ्रिकाका टोबो मोकेनाले गोल गर्दै २–० को जितका साथ अन्तिम ८ मा स्थान सुरक्षित गराए ।
मंगलबार रातिको खेलसँगै अफ्रिका कप अफ नेशसन्सको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ । शुक्रबार पहिला क्वाटरफाइनलमा नाइजेरिया र एंगोल भिड्ने छन् भने शनिबार कंगा र गुएना तथा माली र आइभरी कोस्ट आमने सामने हुने छ । शनिबार दक्षिण अफ्रिका र कावो भर्डेले प्रतिस्पर्धा गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण