सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

बुधबार, १७ माघ २०८०, १० : ४९
बुधबार, १७ माघ २०८०

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको  छ । जबकि, सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव भने कम्पनीको सञ्चालक समितिले गरेको छैन ।

कम्पनीले गत आर्थिक वर्षमा सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप