न्यायाधीशको निधनमा शोक बिदा दिने निर्णय
बुधबार, १७ माघ २०८०, ११ : ०४
काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ ।
बुधवार उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएको हो ।
अदालतले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासेनीको मिति २०८०।१०।१६ गते असामयिक निधन भएकोले शोक मनाउन मिति २०८०।१०।१७ गते बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
मंगलबार मरासेनीको हृदयाघातका कारण असामयिक निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण