वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर
बुधबार, १७ माघ २०८०, ११ : १२
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ५० कित्ताका दरले पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सेयर बाँडफाँड गर्दै प्रतिव्यक्ति ५० कित्ताका दरले सेयर पाएको जनाएको हो ।
सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि माघ १० गतेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर बिक्री खुलाएको थियो । वैदेशिक रोजगारतर्फ कम्पनीले प्रतिकित्ता ३९०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर छुट्याइएको थियो ।
श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये ३३ हजार ८२४ जनाले यो सेयरमा आवेदन दिएका थिए । यसमध्ये १४ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । कूल आवेदकले २१ लाख ३९ हजार २२० कित्ता सेयर माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
-
शिक्षा सचिव अधिकारीले पाए अवकाश
-
१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ
-
कर्णालीमा सत्ता परिवर्तनको ‘साइड इफेक्ट’ : लगानी सम्मेलन फेरि अनिश्चित
-
दुर्गा प्रसाईंको हतियार कानुन अनुसार इजाजत दिन नमिल्ने : छानबिन समिति
-
४१ हजार ३८३ मत गन्दा कसको कति मत ?