वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर
बुधबार, १७ माघ २०८०, ११ : १२
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ५० कित्ताका दरले पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सेयर बाँडफाँड गर्दै प्रतिव्यक्ति ५० कित्ताका दरले सेयर पाएको जनाएको हो ।
सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि माघ १० गतेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर बिक्री खुलाएको थियो । वैदेशिक रोजगारतर्फ कम्पनीले प्रतिकित्ता ३९०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर छुट्याइएको थियो ।
श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये ३३ हजार ८२४ जनाले यो सेयरमा आवेदन दिएका थिए । यसमध्ये १४ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । कूल आवेदकले २१ लाख ३९ हजार २२० कित्ता सेयर माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण