रानी जमरा कुलरियाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोडियो
बुधबार, १७ माघ २०८०, ११ : १३
काठमाडौँ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ । यो आयोजनाबाट वार्षिकरुपमा ४२ गिगावाट हावर बिजुली उत्पादन हुने छ ।
यो आयोजनाबाट १२ महिना नै एकै परिणाममा बिजुली उत्पादन गर्न सकिने बताइएको छ । यो आयोजनाबाट पुस १७ गतेदेखि बिजुली उत्पादन थालिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको उद्घाटन गरेका थिए ।
यो आयोजनाको निर्माण २०६६/६७ सालमा सुरु भएको थियो । यो आयोजनाबाट सिँचाइसहित बिजुली समेत उत्पादन हुने भएपछि बहुउपयोगी आयोजनाका रूपमा रहेको छ । आयोजनाका इन्जिनियर वीरसिंह धामीका अनुसार यो आयोजनालाई व्यवस्थित गर्न सकेमा पश्चिम तराईको भरपर्दो बिजुलीको स्रोत बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण