नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको बुधबारको खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा खेल नेपाली समयअनुसार १ः४५ देखि सुरु हुनेछ ।
प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले बलियो प्रतिद्वन्द्वी बङ्गलादेशको सामना गर्न लागेको हो । नेपाल र बङ्गलादेश दुवैले ‘सुपर सिक्स’ चरणमा आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
बङ्गलादेशको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जिवितै छ भने नेपाल ‘सुपर सिक्स’ चरणमा पहिलो खेल खेल्नुअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । ‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए । भारत, पाकिस्तान, बङ्गलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।
उक्त समूहबाट भारत, पाकिस्तान र बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत ६ अंकसहित पहिलो, पाकिस्तान पनि ६ अंकसहित दोस्रो, बङ्गलादेश दुई अंकसहित तेस्रो र न्युजिल्यान्ड दुई अंकसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा आसिन नेपाल र छैटौँ स्थानमा आसिन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् ।
न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड भने उपाधि होडबाट बाहिरिएका छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने छन् । नेपालले दोस्रो खेल भारतसँग खेल्नेछ । आफ्नो दुबै खेलमा विजयी भए पनि नेपाली टोलीको चार अंकमात्र पुग्नेछ ।
नेपालले यू–१९ विश्वकपमा यसअघि बङ्गलादेशलाई हराएको छ । सन् २००२ न्युजिल्यान्डमा सम्पन्न यू–१९ विश्वकपमा नेपाली टोलीले बङ्गलादेशलाई २३ रनले हराएको थियो । त्यो प्लेट च्याम्पियनसिपको सेमिफाइनल खेल थियो ।
यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलङ्कामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण