प्रधानमन्त्री कप क्रिकेट : पुलिसलाई हराउन लुम्बिनीले २४६ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि दुई सय ४६ रनको लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रन बनाएको हो ।
खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ३८–३८ ओभरमा झारिएको हो । जारी प्रतियोगितामा पुलिस क्लबले आठौँ र लुम्बिनी प्रदेशले नवौँ खेल खेलिरहेको हो ।
विभागीय टोली पुलिस क्लब प्रतियोगिताको फाइनलमा पुग्ने निश्चित भइसकेको छ । यसको विपरित लुम्बिनी प्रदेश भने यसअघि नै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ ।
पुलिसका लागि कप्तान आरिफ शेख, कुशल भुर्तेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफले ७६ रन बनाए । उनले ७६ बलमा तीन छक्का र नौ चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान कुशलले टोलीको खातामा ४८ रन थपे । उनले ४२ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान करणले अर्धशतकीय पाली खेले ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका करणले ५७ रन बनाए । निकै आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल २७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि २४ रन जोडे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि १८ बलमा पाँच चौका प्रहार गरे । ओपनर दिलिप नाथ दुई रनमै आउट भए ।
रासिद खानले टोलीको खातामा १२ रन थपे । प्रेम तामाङ पाँच रन बनाउँदै आउट भए । रोशन बुढालले १० रन बनाए । ललित राजवंशी दुई रनमा अविजित रहे । पुलिसले नौ अतिरिक्त रन पायो ।
लुम्बिनी प्रदेशका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले आठ ओभरमा ७७ रन खर्चिए । बीर मगरले पनि तीन विकेट हात पारे । कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण