पूर्वमन्त्री नेम्वाङ अस्वस्थ, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै
बुधबार, १७ माघ २०८०, १४ : ४५
काठमाडौँ । पूर्व मन्त्री एवम् एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ अस्वस्थ भएका छन् । ताप्लेजुङका इन्चार्ज रहेका नेम्वाङ जिल्ला कमिटीको सचिवालय बैठकमा अचानक ढलेका थिए ।
उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको प्रेम गुरागाईँले जानकारी दिएका छन् ।
‘उहाँ जिल्ला कमिटीको सचिवालयमा भाग लिन जानुभएको थियो । अचानक बिरामी परेपछि जिल्ला अस्पताल लगियो । प्रेसरले हानेको डाक्टरले जानकारी दिएका छन् । अहिले हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ’, उनको अवस्थाबारे जानकारी दिँदै उनले भने ।
नेम्वाङलाई पक्षघात नै भएको हो कि होइन भन्ने विषयमा डाक्टरले केही नभनेको बताए । काठमाडौँमा कुन अस्पताल भर्ना गर्नेबारे जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण