सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नेप्से

लगातारको वृद्धिपछि सेयर बजारमा ‘सेल प्रेसर’, २१ अंकले घट्यो नेप्से

बुधबार, १७ माघ २०८०, १५ : १७
बुधबार, १७ माघ २०८०

काठमाडौँ । सेयर बजारमा बिक्रीको चाप बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६७ अंकले घटेर बन्द भएको छ । लगातार तीन दिनदेखि बढेको सेयर बजारमा लगानीकर्ताले ‘प्रोफिट बूक’ गरेपछि बजारमा बिक्री चाप बढेको हो ।

यससँगै, आज नेप्से परिसूचक १.०२ अंकले घटेको छ । दोहोरो अंकले घटेसँगे परिसूचक २ हजार ९७ अंकमा आएर रोकिएको छ । यसक्रममा नेप्सेमा २९ कम्पनीको मूल्य बढेको छ भने २१५ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर कायम छ ।

परिसूचक घटेपनि सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर समेत ९.६७ प्रतिशतले बढेको छ । यता मेचियाम हाइड्रोपावरको सेयर मूल्य भने ५.८७ प्रतिशतले घटेको छ । यो आजको सबैभन्दा धेरै गिरावट हो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको सेयर आज मात्रै ६३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर समेत २६ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यो सबैभन्दा दोस्रो धेरै कारोबार हो ।

नेप्से २१ अंकले घट्दा उत्पादनमूलक समूहको सूचकमा ८.३८ अंकको वृद्धि आएको छ । यसबाहेक, सबै समूह घटेका छन् । जीवन बीमा समूह ११४ अंकले घट्दा होटल र निर्जीवन बीमा कम्पनी समूह ११६ अंकले घटेको छ । यस्तै, टुरिजम समूह ११४ अंकघट्दा विकास बैंक समूह ७९ अंकले खुम्चिएको छ ।

आज नेप्सेमा ५ अर्ब २९ करोड रुपैयाँभन्दा धेरैको १ करोड ४७ लाख कित्ता सेयर किनबेच भएको छ । यसअघि, आइतबार १० अंकले बढेको नेप्से सोमबार सोही अंकले बढेको थियो । यस्तै, मंगलबार १४ अंकले बढेर बन्द भएको नेप्से आज २१ अंकले घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप