मुस्ताङमा अत्यधिक हिमपात, जनजीवन प्रभावित
बिहीबार, १८ माघ २०८०, ०९ : ३३
पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । 'हिमपात भइरहेको छ । जनजीवन प्रभावित भएको छ,' उनले भने, 'स्थानीयलाई बाहिर ननिस्किन सूचित गरेका छौँ ।'
हिउँद याममा उपल्लो मुस्ताङका ९० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्छन् । प्रहरी भने सबै युनिटमा तैनाथ रहेका पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण