शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ र रुकुममा दुई जना मृत फेला

बिहीबार, १८ माघ २०८०, १२ : ०६
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । काठमाडौँ र रुकुम पश्चिममा दुई जना मृत अवस्थामा फेला परेका छन् ।  नेपाल प्रहरीका अनुसार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-६ टनगाउँ बस्ने ४० वर्षीय ईश्वर धिताल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

उता रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ बरलेपाखास्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप