आईसीसी वरीयतामा ओली पोपको ठुलो छलाङ
काठमाडौँ । भारतविरुद्ध पहिलो टेस्टमा जीत दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ओली पोपले टेस्ट ब्याट्सम्यानहरुको वरीयतामा ठुलो छलाङ मार्न सफल भएका छन् ।
पोपले २० स्थानको सुधार गरेका हुन् । उनी ६८४ अंकसहित १५ औं स्थानमा पुगेका छन् । उनले पहिलो टेस्टमा १९६ रनको इनिङ खेले र खेलको उत्कृष्ट खेलाडी घोषित भए।
न्युजिल्याण्डका कप्तान केन विलियम्सन नम्बर एकमा कायम छन् । दोस्रो स्थानमा इंग्ल्याण्डका पूर्व कप्तान जो रुट र तेस्रो स्थानमा अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ रहेका छन् । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहली आईसीसीको टेष्ट वरीयतामा सातौँबाट छैटौँ स्थानमा पुगेका छन् । बुधबार जारी गरिएको पछिल्लो टेस्ट ब्याटिङ वरीयताको शीर्ष १० मा उनी एकमात्र भारतीय ब्याट्सम्यान हुन्।
भारतका सबैभन्दा अनुभवी स्पिनर आर अश्विन बलिङ वरियतामा शीर्ष स्थानमा यथावत छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले एक स्थान गुमाएका छन् । शीर्ष १० मा तीन भारतीय अश्विन, जसप्रित बुमराह र रविन्द्र जडेजा छन्।
अलराउन्डर वरियतामा भारतका रविन्द्र जडेजा शीर्ष स्थानमा छन् । अश्विन दोस्रो र बंगलादेशका शकिब अल हसन तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण