सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिने
बिहीबार, १८ माघ २०८०, १३ : २६
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।
त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा दुई जनालाई मनोनयन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौँ निवासी डा.सहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण