राजधानीको खुलामञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै, सुरु भयो काम
काठमाडौँ । राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ’, उनले भने ।
महानगरको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खेल मैदानको जस्तो कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको बताए । यसअघि महानगरले खुलामञ्चमा कृत्रिम दुबो लगाएर खेल मैदान बनाउन लागेको सार्वजनिक भएको थियो । तर उनले कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताएका हुन् ।
अहिले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाइएको महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । गएको ३ दिनदेखि काम भइरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण