सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष गीतमा यस्तो देखियो रेखाको ‘उपहार’

बिहीबार, १८ माघ २०८०, १५ : ४३
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो  ‘उपहार’ । अभिनेत्री रेखा थापाको निर्माता तथा अभिनय रहेको फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ । रविन भुसालको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द रहेको गीतमा रेखाको अलवा बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल र सुष्मा कार्की देखिएका छन् । 

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको शब्द सजिलै सम्झन सक्ने खालका छन् । गीतको भिडियोले फिल्म भित्र रहेको पात्रहरूको उतारचढाव समेत बोलेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘उपहार’ सामाजिक विषयवस्तुमा निर्माण भएको हो । प्रेमकथा, कमेडीदेखि रोदनसम्म सबै विषयवस्तु समेटिएको फिल्म निर्देशक देउजाको निर्देशन रहेको १७ आै फिल्म हो । फिल्म हरेक किसिमका दर्शकका लागि मध्यनजर गरेर निर्माण भएको निर्देशक देउजा बताउँछन् ।

फिल्ममा रेखा, बेनिशा, पूजा, मुकुन, र सुष्माको अलवा तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतको अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्म प्रदर्शनका लागि आउन लागेका पनि अभिनेत्री रेखा भने अमेरिकामा छिन् । पहिलो सन्तानको जन्मदिन उनी अमेरिका पुगेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप