शीर्ष गीतमा यस्तो देखियो रेखाको ‘उपहार’
काठमाडौँ । फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘उपहार’ । अभिनेत्री रेखा थापाको निर्माता तथा अभिनय रहेको फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ । रविन भुसालको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द रहेको गीतमा रेखाको अलवा बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल र सुष्मा कार्की देखिएका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको शब्द सजिलै सम्झन सक्ने खालका छन् । गीतको भिडियोले फिल्म भित्र रहेको पात्रहरूको उतारचढाव समेत बोलेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘उपहार’ सामाजिक विषयवस्तुमा निर्माण भएको हो । प्रेमकथा, कमेडीदेखि रोदनसम्म सबै विषयवस्तु समेटिएको फिल्म निर्देशक देउजाको निर्देशन रहेको १७ आै फिल्म हो । फिल्म हरेक किसिमका दर्शकका लागि मध्यनजर गरेर निर्माण भएको निर्देशक देउजा बताउँछन् ।
फिल्ममा रेखा, बेनिशा, पूजा, मुकुन, र सुष्माको अलवा तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतको अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्म प्रदर्शनका लागि आउन लागेका पनि अभिनेत्री रेखा भने अमेरिकामा छिन् । पहिलो सन्तानको जन्मदिन उनी अमेरिका पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण