प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु, ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा (तस्बिरहरु)
_WbVtTA3b3m.jpg)
काठमाडौँ । प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु बिहीबारदेखि सुरु भएको छ । मेलामा १४ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाइन जुत्ता चप्पल रहेको प्रथम चाबहिल जुत्ता चप्पल व्यापार मेलाका संयोजक दिवाकर गिरीले जानकारी दिए ।
मेला फागुन १८ गतेसम्म सञ्चालन रहने छ भने एक महिनामा करिब पाँच करोड रुपैयाँ बारावरको अर्थात् ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा रहेको छ ।
नेपालको औद्योगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनीय रहेको गिरीले जानकारी दिए । त्यसमा पनि नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरूको मागको करिब ६५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको उनको भनाइ छ । तर उत्पादन क्षमता वार्षिक सोह्र करोड जोर रहेकोमा नेपाली बजारको माग दश करोड जोर रहेको तर बिक्री जम्मा छ करोड जोर रहेको बताइएको छ ।
नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रदर्शनी पनि एक भएकाले चाबहिलमा यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ । जुत्ता चप्पल व्यापार मेलाबाट उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण