प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु, ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा (तस्बिरहरु)
काठमाडौँ । प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु बिहीबारदेखि सुरु भएको छ । मेलामा १४ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाइन जुत्ता चप्पल रहेको प्रथम चाबहिल जुत्ता चप्पल व्यापार मेलाका संयोजक दिवाकर गिरीले जानकारी दिए ।
मेला फागुन १८ गतेसम्म सञ्चालन रहने छ भने एक महिनामा करिब पाँच करोड रुपैयाँ बारावरको अर्थात् ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा रहेको छ ।
नेपालको औद्योगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनीय रहेको गिरीले जानकारी दिए । त्यसमा पनि नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरूको मागको करिब ६५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको उनको भनाइ छ । तर उत्पादन क्षमता वार्षिक सोह्र करोड जोर रहेकोमा नेपाली बजारको माग दश करोड जोर रहेको तर बिक्री जम्मा छ करोड जोर रहेको बताइएको छ ।
नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रदर्शनी पनि एक भएकाले चाबहिलमा यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ । जुत्ता चप्पल व्यापार मेलाबाट उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ ।
_bHsWZfppUo.jpg)
_QwKwp3pKff.jpg)
_L0Xm7HA36G.jpg)
_5hFRAzKfmb.jpg)
_ZJdUuH3uhr.jpg)
_x9dUZxGdrj.jpg)
_QQxodKOGTp.jpg)
_WbVtTA3b3m.jpg)
_QQ7Qge12UU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण