शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्कीलाई एमालेको पत्र– अध्यादेश फिर्ता लिनू

बिहीबार, १८ माघ २०८०, १८ : ५८
बिहीबार, १८ माघ २०८०

विराटनगर । कोशी प्रदेश सरकारले गत माघ ६ गते जारी गरेको अध्यादेश फिर्ता लिन भन्दै नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई पत्राचार गरेको छ । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री कार्कीलाई ‘केही प्रदेश ऐन संशोधन अध्यादेश’ फिर्ता लिन आग्रह गरेका हुन् । अध्यादेशबाट सरकारले ६ वटा ऐन संशोधन गरेको थियो । 

अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गर्ने, प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको नेतृत्वबाट जिल्ला समन्वय समितिका प्रमुखलाई हटाउनेसहितका व्यवस्था गरिएको छ ।

एमालेले अध्यादेश फिर्ता लिएर कानुन निर्माणका लागि संसद्को अधिवेशन बोलाउन माग गरेको छ । पत्रमा एमाले नेता कार्कीले सुविधा थप गर्ने अध्यादेश सान्दर्भिक र उपर्युक्त नभएको जिकिर गरेका छन् । अध्यादेशले जनप्रतिनिधिको भूमिकालाई निस्तेज गरेको र स्वेच्छाचारी ढंगले नियुक्तिको प्रयास गरेको भन्दै एमालेले सरकारको यो काम लोकतान्त्रिक पद्धति अनुकूल नरहेको बताएको छ । 

ssss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप