कम बजेट भएका आयोजनामा बजेट थप्न कांग्रेसको आग्रह
शुक्रबार, १९ माघ २०८०, १६ : ४४

काठमाडौँ । नेपाली कांग्रेसले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको बजेट अभावमा काम हुन नसकेको भन्दै ती आयोजना सम्पन्न गर्न बजेट थप्न सरकारलाई आग्रह गरेको छ ।
बैठकपछि नेता रमेश लेखकले कम बजेट भएका आयोजना पुरा गर्न सरकारलाई बजेट थपेर आयोजना पुरा गर्न आग्रह गरेको बताए ।
‘पुरा हुन नसकेका चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसकेका योजनाहरुमा बजेटको थप व्यवस्था गरी आयोजना सम्पन्न गर्न यो बैठक नेपाल सरकारलाई आग्रह गर्छ’, नेता लेखकको भनाइ छ ।