झन्डै डेढ अर्बको दुग्धजन्य पदार्थ आयात
काठमाडौँ । नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो ।
सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्ध जन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ । ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख ७ हजार रुपैयाँ सरकारले राजस्व सङ्कलन गरेको छ ।
नेपालले भारत, चीन लगायत मुलुकबाट दुग्धजन्य पदार्थ आयात गर्छ भने केही मात्रमा अमेरिका,चीन लगायत मुलुकमा निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण