कांग्रेस चार करोड घाटामा
काठमाडौँ । सत्तारुढ मुख्य दल नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा रहेको छ । कांग्रेसले शुक्रबार आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्ष कांग्रेसले ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ २९ पैसा आम्दानी गरेको छ भने सोही अवधिमा ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ १३ पैसा खर्च भएको आयव्यय विवरणमा उल्लेख गरेको छ ।
कुल आम्दानीमध्ये ५७ लाख ६० हजार ८०० लेभी, सदस्यता र नवीकरण शुल्क बापत उठेको जनाएको छ । चन्दा र सहयोग २ करोड ६५ लाख ६४ हजार ५७ रुपैयाँ रहेको छ । प्रकाशन बिक्री ९४ हजार ६५० रहेको छ । सम्पत्ति बिक्री/लिलाम २ लाख २५ हजार छ । लगानीको आय ३८ लाख ३१ हजार २७० रुपैयाँ २९ पैसा रहेको छ ।
गतवर्ष असार मसान्तसम्म कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुयैयाँ एक पैसा रहेको लेखा परीक्षणमा उल्लेख छ । कुल आम्दानीमध्ये सदस्यता, लेबी र नवीकरण शुल्क ७ करोड ४३ लाख तीन हजार ५०१ रुपैयाँ ४२ पैसा रहेको छ । चन्दा सहयोग ६ करोड ६८ लाख २४ हजार रहेको छ । प्रकाशन बिक्री ११ लाख ४९ हजार ४०० रहेको छ । लगानी आय ६७ लाख १७ हजार १८५ रुपैयाँ ५९ पैसा रहेको छ ।
खर्चतर्फ कुल ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ १३ पैसा रहेको जनाएको छ । निर्वाचन तीन करोड ८८ लाख ५७ हजार ९९३ रहेको जनाएको छ । यस्तै कार्यालय सञ्चालन खर्च तीन करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ ८ पैसा रहेको छ । भातृ सुगठनसम्बन्धी खर्च ४९ लाख ६० हजार रहेको छ । ह्रास तथा अपलेखन ३९ लाख २६ हजार ६९६ रुपैयाँ पाँच पैसा रहेको छ ।
गतवर्ष कुल खर्च १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ ८९ पैसा रहेको लेखा परीक्षणले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण