सरकारी वकिल कार्यालयमा अरुण चौधरीसँग १० घण्टा बयान
काठमाडौँ । उद्योगी अरुण चौधरीसँग प्रहरीले बयान लिएको छ । बाँसबारीको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापासँग अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् ।
माघ १८ मा पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पतालमा छन् । उनीहरूलाई शुक्रवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ल्याएर बयान गराइएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूले अरुण चौधरीसँग १० घण्टा बयान लिएका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘करिब १० घण्टा लगाएर अरुण चौधरी र अजित नारायण सिंह थापाको बयान सिद्ध्याएका छौँ ।’
बाँसबारीको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान अधिकृतहरूले आवश्यकता अनुसार पूरक बयान पनि लिन सक्छन् । तर, उनीहरूको प्रारम्भिक बयान पुरा भएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापाले जग्गा निजीकरण गर्नुअघि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबाट निरीक्षण टोली गएको बताएका छन् । बयानमा उनले भनेका छन्–‘मन्त्रालयबाट आउनेहरूले पनि जग्गा हस्तान्तरण गर्न नमिल्ने कुरा गरेनन्, मेरो तर्फबाट पनि गल्ती भएछ ।’
बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा सरकारसँग साझेदारीमा च्याम्पियन फुटवेयर कम्पनी स्थापना गरेर चौधरी समूहले जग्गा निजीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण