विवादपछि हत्या, झापामा एक जना पक्राउ
शनिबार, २० माघ २०८०, १८ : २७
झापा । सामान्य विवादको निहुँमा सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५ विक्रम सेनेहाङ्को हत्या गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा विक्रम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । गम्भीर घाइते बिक्रमको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण