गाजा द्वन्द्व : शक्तिशाली देशका ८ सय बढी अधिकारीद्वारा इजरायल नीतिको विरोध
बेइजिङ । संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघका ८०० भन्दा बढी अधिकारीहरूले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनको विरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र जारी गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
यस प्रयासलाई सङ्गठित पार्न वा समर्थन गर्ने वर्तमान र पूर्व अधिकारीहरूले बताएका छन् । उनीहरुले भनेका छन्– ‘यो जमघट एट्लान्टिक पारका सहयोगी राष्ट्रहरूमा भएका युद्धमा आफ्ना सरकारहरूको नीतिको खुलेर आलोचना गर्न एकसाथ आयोजित पहिलो उदाहरण हो, यसले न्यायको पक्षमा आफ्ना धारणा राख्छ।’
द न्यु योर्क टाइम्सका अनुसार अधिकारीहरूले जारी गरेको आशयअनुसार आफ्ना सरकारहरूको वर्तमान नीतिले स्वतन्त्रता र नैतिक बललाई कमजोर पार्ने उल्लेख गरेको छ । ‘हाम्रा सरकारका नीतिहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन, युद्ध अपराध, र नरसंहारमा सहयोग पुर्याउने सम्भावित जोखिम छ,’ जारी पत्रमा भनिएको छ।
प्रतिवेदनका अनुसार हस्ताक्षरकर्ताहरूमध्ये करिब ८० अमेरिकी एजेन्सीहरूसँग सम्बद्ध छन्। त्यसैगरी हस्ताक्षरकर्ताहरूमध्ये, सबैभन्दा बढी प्रतिनिधित्व गर्ने प्रशासकीय अधिकारयुक्त सामूहिक ईयु संस्थाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण