बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सितारसँगै रमाएकी सीतामैया

आइतबार, ०२ वैशाख २०७५, १२ : ०४
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं – गायनमा स्थापित हुने सोचका साथ संगीतमा होमिए पनि सितार बादनमा भने आफुलाई स्थापित गर्न सफल भएकी ब्यक्ति हुन् सितामैया राजचल । सिताका धुनकै तीन एल्बम उनले अहिलेसम्म बजारमा ल्याईसकेकी छन् । 
संगीतमा मास्टर्स समेत गरिसकेकी सिता संगीतको प्रशिक्षक पनि हुन् । ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी अध्यापन गराएकी उनी पछिल्लो समय ‘संगीत थेरापी’ दिने समेत गर्दछिन् । 
‘संगीत केवल मनोरञ्जनको साधन मात्र होइन’ उनले भनने शब्द हुन् यी ।  यसको माध्यमले विभिन्न रोगको उपचार समेत गर्ने सकिने उनी बताउछिन् । 
बिसं २०५४बाट गीत रेकडिङ स्टुडियोमा सितार बजाउन थालेकी सिताले केही गीतमा आफ्नो स्वर पनि भरेकी छिन् । तर , उनि सितार बादनलाई नै निरन्तरता दिन चाहन्छिन । सन् २००४ मा परम्परा र सन् २०१२ मा टकिङ स्ट्रिङस नामक धुन संग्रहित एल्बमलाई बजारमा ल्याएकी उनले हालै ‘जर्नी अफ फ्रेट्स’ नामक धुन संग्रहित एल्बम भर्खर ल्याएकी छन् ।
नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको एल्बममा  वर्षा, द जर्नी, नटी माइण्ड, रोज गार्डेन, स्टेला अँन ड्रिम, रि युनियन, मिष्ट्री लभ र द बाउन्डलेस फ्लाइट धुन संग्रहित छन् । उनले रोज गार्डेनको भिडियो समेत बनाएको बताइन् । 
भिडियोमा प्रियंका काकी , देव राउत र सर्वेश सुवाल देखिएका छन् । यसमा प्रकाश तुलाधरको सम्पादन, बुद्ध थापाको छायाँकन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यसमा गितारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुङ्गामा थोमस बर्ची रहेका छन् । 
 
पछिल्लो समय गायन र त्यसमा जोडिएको संगीतले चर्चा पाईरहदा सिता भने सितार मार्फत नै आफुलाई अगाडी बढाउँन चाहन्छिन । सितार बादन कै लागि देश तथा विदेशका स्टेजमा देखिने गरेकी सिताले पछिल्लो समय उभिएर पनि सितार बजाउन थालेकी छिन् ।
कक्षा ८ पढ्दै गर्दा पहलिो पटक सितार छाएको बताउने उनी त्यसबेला देखिको मोहले सितारमा लागेको बताउछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप