सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ५ अंकले घट्यो, ३ अर्ब २१ करोडको कारोबार

आइतबार, २१ माघ २०८०, १५ : ५७
आइतबार, २१ माघ २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ५ अंकले घटेको । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ५.३१ अंकले घट्दै २ हजार ६१.७० अंकमा झरेको हो । 

यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ०.६० अंकले घट्दै ३७३.३२ अंकमा झरेको नेप्सेले जनाएको छ ।

१३ वटा उपसूचकमा आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने आज चारवटा उपसमूह डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र निर्जीवन बीमा समूहको उपसूचक झिनो अंकले बढेका छन् । 

यद्यपि, यस दिन ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

आज युनियन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप