नेप्से सूचक ५ अंकले घट्यो, ३ अर्ब २१ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ५ अंकले घटेको । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ५.३१ अंकले घट्दै २ हजार ६१.७० अंकमा झरेको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ०.६० अंकले घट्दै ३७३.३२ अंकमा झरेको नेप्सेले जनाएको छ ।
१३ वटा उपसूचकमा आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने आज चारवटा उपसमूह डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र निर्जीवन बीमा समूहको उपसूचक झिनो अंकले बढेका छन् ।
यद्यपि, यस दिन ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज युनियन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण