माघमै फुल्यो लालीगुराँस
मकवानपुर । मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् ।
_vDutFrTOz8.jpg)
विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो । विगतका वर्षहरूमा फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने र चैतसम्म रहने गरेको थियो । यस वर्ष भने पुसबाटै लाली गुराँस फुलेको र माघमा अस्ताउन थालेको हो ।
(फोटो: गणेश विष्ट)
_DeesHTN2YG.jpg)
लाली गुराँस फुलेसँगै दामन–सिमभञ्ज्याङ घुम्न आउने पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बनेको छ । हेटौँडाबाट काठमाडौँको यात्राका क्रममा त्रिभुवन राजपथ र हेटौँडा कुलेखानी फाखेल तथा हेटौँडा कुलेखानी चन्द्रागिरि सडकको यात्रा गर्नेहरूलाई ढकमक्क फुलेको लाली गुराँसले स्वागत गरिरहेको छ । समुद्री सतहदेखि १ हजार ४०० मिटर उचाइदेखि १ हजार ५५० मिटर उचाइका जंगलमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ ।
_vGdjy8JoJY.jpg)
जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करिब १ महिना अगावै फुलेको हो । चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुन चैतमा फुल्ने लालीगुराँस माघ फागुनमा फुल्न थालेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले प्रतिक्रिया दिए । समय अगावै लाली गुराँस फुल्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको उनले बताए ।
_iRDw1Yle4n.jpg)
_L3Whgpqzo6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण