मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
भन्सार विभाग तथ्यांक

फ्रान्ससँग नेपालकाे ५ अर्ब व्यापार घाटा, के-के आउँछ नेपालमा ?

आइतबार, २१ माघ २०८०, १६ : ४४
आइतबार, २१ माघ २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा नेपालले फ्रान्ससँगको व्यापार ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँले घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा नेपालले उक्त रकम बराबरको व्यापार घाटा बेहोरेको हो ।

यस अवधिमा नेपालमा फ्रान्सबाट ६ अर्ब १ करोड ५५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, नेपालबाट जम्मा १ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात मात्रै भएको छ । यसअनुसार ६ महिनाको अवधिमा ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटा भएको हो ।

फ्रान्सबाट नेपालमा ७९ लाख रुपैयाँभन्दा बढीको चकलेट आयात भएको छ । यसबाहेक, ६६ लाख रुपैयाँको कपडा आयात भएको छ । यस्तै, ५ करोड रुपैयाँभन्दा बढीको मदिरा आयात भएको तथ्याङ्क छ । यस्तै, एक्ट्रा नेचुरल अल्कोहल आयातमा २७ करोड ७० लाख रुपैयाँभन्दा बढीको रकम बाहिरिएको छ ।

२८ लाखको ह्विस्की आयात हुँदा ५९ लाखको भोड्का आयात भएको देखिएको छ । यसबाहेक थप ५२ लाख रुपैयाँभन्दा बढीको पेय पदार्थ समेत आयात भएको देखिएको छ भने ६२ लाख रुपैयाँको जनावरको खाना आयात भएको विभागले जनाएको छ । 

औषधीजन्य पदार्थको आयातमा ३ करोड २३ लाख बाहिरिँदा दाँतमा भर्ने सिमेन्टको आयातमा १९ लाख रुपैयाँ बाहिरिएको छ । २ करोडको ट्वाइलेट पफर््यूम, २ करोडको फेस क्रिम, १ करोडको अन्य मेकअपका सामाग्री समेत आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप