फ्रान्ससँग नेपालकाे ५ अर्ब व्यापार घाटा, के-के आउँछ नेपालमा ?
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा नेपालले फ्रान्ससँगको व्यापार ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँले घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा नेपालले उक्त रकम बराबरको व्यापार घाटा बेहोरेको हो ।
यस अवधिमा नेपालमा फ्रान्सबाट ६ अर्ब १ करोड ५५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, नेपालबाट जम्मा १ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात मात्रै भएको छ । यसअनुसार ६ महिनाको अवधिमा ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटा भएको हो ।
फ्रान्सबाट नेपालमा ७९ लाख रुपैयाँभन्दा बढीको चकलेट आयात भएको छ । यसबाहेक, ६६ लाख रुपैयाँको कपडा आयात भएको छ । यस्तै, ५ करोड रुपैयाँभन्दा बढीको मदिरा आयात भएको तथ्याङ्क छ । यस्तै, एक्ट्रा नेचुरल अल्कोहल आयातमा २७ करोड ७० लाख रुपैयाँभन्दा बढीको रकम बाहिरिएको छ ।
२८ लाखको ह्विस्की आयात हुँदा ५९ लाखको भोड्का आयात भएको देखिएको छ । यसबाहेक थप ५२ लाख रुपैयाँभन्दा बढीको पेय पदार्थ समेत आयात भएको देखिएको छ भने ६२ लाख रुपैयाँको जनावरको खाना आयात भएको विभागले जनाएको छ ।
औषधीजन्य पदार्थको आयातमा ३ करोड २३ लाख बाहिरिँदा दाँतमा भर्ने सिमेन्टको आयातमा १९ लाख रुपैयाँ बाहिरिएको छ । २ करोडको ट्वाइलेट पफर््यूम, २ करोडको फेस क्रिम, १ करोडको अन्य मेकअपका सामाग्री समेत आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण