मडिड्र डर्बी : बराबरीमा रोकियो रियल
सोमबार, २२ माघ २०८०, ०६ : ४७
मड्रिड । इन्जुरी समयमा गोल गर्दै एट्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडलाई बराबरीमा रोक्न सफल भएको छ । आइतबार राति भएको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो ।
९३ औँ मिनेटमा मेम्फिस डिपायको पासमा मार्कोस लोरेन्टेले गोल गर्दै खेल बराबरी गरे । यसअघि पहिलो हाफको २० औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
बराबरीपछि रियल २३ खेलबाट ५८ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ । एट्लेटिको भने ४८ अङ्कसहित चौथो स्थानमा सीमित छ ।
आइतबार नै भएका अन्य खेलमा रियल बेटिस र गेटाफेले पनि १–१ गोलको बराबरी खेले भने भिल्लारियाल र क्याडिज पनि गोलरहित बराबरीमा रोकिए । सेल्टा भिगोले भने ओसासुनालाई ३–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण