लेबनान–इजरायल सीमामा भिडन्त : २ जनाको मृत्यु, २ घाइते
लेबनान । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् ।
सिभिल डिफेन्स र मुस्लिम स्काउट एशोसिएशनका आधिकारिक स्रोतहरूले हवाई हमलाले चार भवन पनि ध्वस्त पारेको जनाएको हो । गाउँका अन्य घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ । लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यहरूमा २१ आक्रमणहरू गरेको बताए । दक्षिणी लेबनानको २५ शहर र गाउँहरूमा धेरै आक्रमण भएको बताइएको छ ।
इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको छ । यसैबिच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र अन्य धेरै इजरायली साइटहरूमा आक्रमण गरेको बताएको छ ।
हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो । हिजबुल्लाह र इजरायल बिचको भिडन्तमा लेबनानी पक्षमा २४४ जनाको मृत्यु भएको छ । जसमा १७६ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिकहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण