शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा मिटरमा चल्न नमान्ने ट्याक्सीलाई १० हजार जरिवाना

सोमबार, २२ माघ २०८०, १० : १५
सोमबार, २२ माघ २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीलाई कडा कारबाही सहितको यातायात नियमावली ल्याएको छ । पटक पटक मिटरमा चलाउने निर्णय गर्दै पछि हट्दै गरेको सरकारले अन्ततः नियमावलीमै कडा नियम राखेको छ ।

 अब मिटरमा नचल्ने ट्याक्सीले १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । यसअघि यसको जरिवाना २ हजार मात्रै थियो ।यस्तै, डिजेलबाट चल्ने ट्याक्सीलाई सहरी क्षेत्रमा चल्ने गरी दर्ता पनि नगरिने भएको छ । 

अधिकांश ट्याक्सी पेट्रोलबाट चल्ने आए पनि डिजेलबाट चल्ने समेत छन् । उनीहरूलाई सहरी सौन्दर्ययता र प्राकृतिक प्रदूषणको दृष्टिले रोक्न लागिएको बताइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रको व्यवस्थापन गर्ने नियमावली भर्खरै मन्त्रीपरिषद्बाट पारित गराएको मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।  

नियमावलीमा राइड सेयरिङलाई पनि खुला गरिएको छ । अब निजी सवारी साधनले पनि निश्चित मापदण्ड र नियममा बसेर सार्वजनिक भाडाको काम गर्न पाउने भएका छन् । अहिले पोखरामा एप मार्फत इनड्राइभ चलिरहेको छ ।

 उक्त इनड्राइभ गैरकानूनी रहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । खासगरी ट्याक्सी व्यवसायीहरूको विरोध बढी छ । अब प्रदेश सरकारले दर्ता गरेर राइड सेयरिङलाई खुला गरिदिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप