गण्डकीमा मिटरमा चल्न नमान्ने ट्याक्सीलाई १० हजार जरिवाना
पोखरा । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीलाई कडा कारबाही सहितको यातायात नियमावली ल्याएको छ । पटक पटक मिटरमा चलाउने निर्णय गर्दै पछि हट्दै गरेको सरकारले अन्ततः नियमावलीमै कडा नियम राखेको छ ।
अब मिटरमा नचल्ने ट्याक्सीले १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । यसअघि यसको जरिवाना २ हजार मात्रै थियो ।यस्तै, डिजेलबाट चल्ने ट्याक्सीलाई सहरी क्षेत्रमा चल्ने गरी दर्ता पनि नगरिने भएको छ ।
अधिकांश ट्याक्सी पेट्रोलबाट चल्ने आए पनि डिजेलबाट चल्ने समेत छन् । उनीहरूलाई सहरी सौन्दर्ययता र प्राकृतिक प्रदूषणको दृष्टिले रोक्न लागिएको बताइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रको व्यवस्थापन गर्ने नियमावली भर्खरै मन्त्रीपरिषद्बाट पारित गराएको मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।
नियमावलीमा राइड सेयरिङलाई पनि खुला गरिएको छ । अब निजी सवारी साधनले पनि निश्चित मापदण्ड र नियममा बसेर सार्वजनिक भाडाको काम गर्न पाउने भएका छन् । अहिले पोखरामा एप मार्फत इनड्राइभ चलिरहेको छ ।
उक्त इनड्राइभ गैरकानूनी रहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । खासगरी ट्याक्सी व्यवसायीहरूको विरोध बढी छ । अब प्रदेश सरकारले दर्ता गरेर राइड सेयरिङलाई खुला गरिदिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण