सविरको निर्देशनमा फिल्म ‘रुखान’ बन्ने
काठमाडौंँ । सविर श्रेष्ठको निर्देशनमा नयाँ ‘रुखान’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको घोषणा गर्दै ४ भाषामा निर्माण हुने सार्वजनिक गरेको हो । फिल्म नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी गरेर ४ भाषामा निर्माण हुनेछ ।
कृष्ण थापा (अस्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रूपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।
सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म निर्माणमा आवरण स्किन एन्ड हेयर क्लिनिकले पनि सहकार्य गर्नेछ ।
घोषणासँगै फिल्मको फस्टलुक समेत बाहिर ल्याइएको छ । जसमा एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्विर समेत समावेश गरिएको छ । फस्टलुकले यो फिल्मले आम नागरिकको समस्याको कथा बोल्ने संकेत गर्छ ।
‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ’ फिल्मको विषयमा निर्देशक सविर श्रेष्ठले भने ।
फिल्मको कलाकारहरू छनौटको क्रममा छ । फिल्मको कलाकार र प्राविधि छिट्टै फाइनल गरेर फिल्म फ्लोरमा लैजाने निर्देशक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण