हिउँदे अधिवेशनमा २२ वटा विधेयक लैजाने सरकारकाे तयारी
काठमाडौँ । माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । अपरान्ह ४ बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने विषयमा प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः ३० बजे बैठक बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले शिक्षा विधेयक, संघीय प्रहरी ऐन, संघीय निजामति विधेयकलाई सदनमा टेबुल गर्ने बताएको सांसद लेखनाथ दाहालले जानकारी दिए । दाहालका अनुसार हिउँदे अधिवेशनमा अत्यावश्यक २२ वटा विधेयक संसदमा लैजाने प्रतिवद्धता जानाएका छन् ।
‘बैठक मंगलबार ९ बजे बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० टेबुल गर्ने जानकारी दिनुभयो । हिउँदे अधिवेशनमा २२ वटा अत्यावश्यक विधेयक संसदमा लैजाने सरकारको तयारी रहेको जानकारी दिनुभएको छ । संसदमा कसरी प्रस्तुत हुने विषयमा भोलि छलफल हुनेछ’, दाहालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण