हिउँदे अधिवेशनमा २२ वटा विधेयक लैजाने सरकारकाे तयारी

काठमाडौँ । माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । अपरान्ह ४ बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने विषयमा प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः ३० बजे बैठक बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले शिक्षा विधेयक, संघीय प्रहरी ऐन, संघीय निजामति विधेयकलाई सदनमा टेबुल गर्ने बताएको सांसद लेखनाथ दाहालले जानकारी दिए । दाहालका अनुसार हिउँदे अधिवेशनमा अत्यावश्यक २२ वटा विधेयक संसदमा लैजाने प्रतिवद्धता जानाएका छन् ।
‘बैठक मंगलबार ९ बजे बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० टेबुल गर्ने जानकारी दिनुभयो । हिउँदे अधिवेशनमा २२ वटा अत्यावश्यक विधेयक संसदमा लैजाने सरकारको तयारी रहेको जानकारी दिनुभएको छ । संसदमा कसरी प्रस्तुत हुने विषयमा भोलि छलफल हुनेछ’, दाहालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा