चीनमाथि थप शुल्क लगाउनुपर्छ : डोनाल्ड ट्रम्प
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि थप अतिरिक्त शुल्क लगाउनुपर्ने बताएका छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा आफूले जितेमा चीनमाथि थप महसुल लगाइने उनले बताएका हुन् ।
फक्स न्यूजलाई दिइएको एक अन्तरवार्तामा ट्रम्पले महसुल बढीमा ६० प्रतिशतसम्म हुन सक्ने बताएका थिए । ‘हामीले यस्तो गर्नै पर्छ’ आइतबारको सो अन्तरवार्तामा उनले भने ।
रिपब्लिकन पार्टीबाट ट्रम्प अहिले राष्ट्रपतिका निर्वाचनका लागि प्रबल दाबेदार हुन् । तर यिनमाथि सन् २०२० को चुनावी नतिजा उल्ट्याउने कोशिश गरेको समेतका कयौँ मुद्दा चलिरहेको छ ।
ट्रम्पले लामो समयदेखि चीनलाई बौद्धिक सम्पत्ति चोरी गरेको अनि अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै आएका थिए । आफूले चीनलाई हानी पुर्याउन नखोजेको तर उनीहरुले आफ्नो देशबाट फाइदा लिएको उनको भनाई थियो ।
ट्रम्पको अघिल्लो राष्ट्रपति कार्यकालमा चीनसँग अमेरिकको सम्बन्ध बिग्रिएको थियो । दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध छेडिएको थियो । अमेरिकाले एक पछि अर्को गर्दै खर्बौ डलरका चिनियाँ वस्तुमा अतिरिक्त शुल्क लगाएपछि चीन पनि जस्तालाई त्यस्तैको रणनीतिमा उत्रिएको थियो । २ दशकसम्म अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण