शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमाथि थप शुल्क लगाउनुपर्छ : डोनाल्ड ट्रम्प

सोमबार, २२ माघ २०८०, ११ : ३४
सोमबार, २२ माघ २०८०

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि थप अतिरिक्त शुल्क लगाउनुपर्ने बताएका छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा आफूले जितेमा चीनमाथि थप महसुल लगाइने उनले बताएका हुन् ।

फक्स न्यूजलाई दिइएको एक अन्तरवार्तामा ट्रम्पले महसुल बढीमा ६० प्रतिशतसम्म हुन सक्ने बताएका थिए । ‘हामीले यस्तो गर्नै पर्छ’ आइतबारको सो अन्तरवार्तामा उनले भने ।

रिपब्लिकन पार्टीबाट ट्रम्प अहिले राष्ट्रपतिका निर्वाचनका लागि प्रबल दाबेदार हुन् । तर यिनमाथि सन् २०२० को चुनावी नतिजा उल्ट्याउने कोशिश  गरेको समेतका कयौँ मुद्दा चलिरहेको छ ।

ट्रम्पले लामो समयदेखि चीनलाई बौद्धिक सम्पत्ति चोरी गरेको अनि अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै आएका थिए । आफूले चीनलाई हानी पुर्याउन नखोजेको तर उनीहरुले आफ्नो देशबाट फाइदा लिएको उनको भनाई थियो ।

ट्रम्पको अघिल्लो राष्ट्रपति कार्यकालमा चीनसँग  अमेरिकको सम्बन्ध बिग्रिएको थियो । दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध छेडिएको थियो । अमेरिकाले एक पछि अर्को गर्दै खर्बौ डलरका चिनियाँ वस्तुमा अतिरिक्त शुल्क लगाएपछि चीन पनि जस्तालाई त्यस्तैको रणनीतिमा उत्रिएको थियो । २ दशकसम्म अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप