२८५ किलो गाँजासहित ३ जना मानिस पक्राउ
काभ्रे । काभ्रेको पनौतीबाट साढे २ क्विन्टल लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौतीबाट २८५ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।
सोमबार बिहान ८ः ३० बजेको समयमा पनौती नगरपालिका–५ आईटि पार्कस्थित पनौती बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडीमा चेकजाँच गर्दा भर्खर काटेको जस्तो हरियो देखिने अप्रशोधित गाँजा प्लाष्टिकका ७३ वटा बोरामा फेला पारिएको हो ।
प्रहरीले सो परिमाणको गाँजासहित नुवाकोट विदुर–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष ३५ को बुद्धमान तामाङ, रामेछापको रामेछाप– ८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष २० को सञ्जिव तामाङ र सोही स्थान बस्ने वर्ष ५३ कि विमला तामाङलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएको उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण