गण्डकी प्रदेश
लुम्बिनीको सुस्ता गाउँपालिकामा गण्डकीको दाबी, फिर्ता गर्न माग
सोमबार, २२ माघ २०८०, १४ : १७
पोखरा । गण्डकी प्रदेश स्थापनाको ६ वर्ष पुरा भएको छ। संसद् स्थापनाको अवसरमा आयोजित कार्यक्रममा सुस्ता र बर्दघाट पूर्वको भूमि गण्डकीले पाउनुपर्न माग राखिएको छ । विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले सुस्ता र बर्दघाट पूर्वको सबै जमिन गण्डकीको भएकोले फिर्ता लिनुपर्ने बताए ।
‘सुस्ता गण्डकीको हो । कि संविधान संशोधन हुनुपर्यो, संविधानअनुसार सुस्ता र बर्दघाट हाम्रो हो,’ उनले भने, ‘सहजै पाइएन भने लड्न तयार छौँ, संसदबाट सङ्कल्प प्रस्ताव पास गरेर भए पनि हाम्रो भूमि ल्याउँछौँ ।’
भूमि फिर्ता लिन प्रदेश सरकार तयार रहनुपर्ने हुने बताए । यसअघि अधिकारी सरकारको पालामा समेत प्रदेश विकास समस्या समाधान समितिको बैठकमा सुस्ता गाउँपालिका गण्डकीमा पर्ने भन्दै फिर्ता गर्न माग राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण