सहकारीले सुशासन कायम गरेर बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरेर बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । ‘राज्यले तिनखम्वे नीतिलाई अवलम्बन गरेको छ । सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न सकिन्छ । सहकारीका सिद्धान्तलाई पालना गरेर सुशासन कायम गरी बचत कर्ताको विश्वास जित्नु पर्दछ’, उनको भनाइ थियो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आयोजना गरेको सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन विषयक प्रदेश स्तरीय कार्यशालामा बोल्दै मुख्यमन्त्री शर्माले सहकारी मार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताए ।
यस्तै संघीयता लागु भएका मुलुकको अनुभवलाई हेर्दा नेपालको संघीयता कार्यान्वयन छिटो छरितो र प्रभावकारी भएको शर्माले बताए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यको विश्वास जित्नु सहकारीका लागि चुनौती भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण