अन्तिम १० मिनेटमा १४ अंकले बढ्यो नेप्से, २ अर्ब ४३ करोडको कारोबार
काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिममा घट्ने प्रयासमा थियो । तर, कारोबार सकिनुभन्दा १० मिनेटको अन्तरालमा नै १४ अंकको वृद्धि आएपछि दोहोरोको अंकले बढेर बन्द भएको हो ।
आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ ।
परिसूचक दोहोरो अंकले बढ्दा नेपाल टेलिकम र पिपल्स पावर लिमिटेडको मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यसबाहेक समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसक्रममा ४ वटा कम्पनीको सूचक भने घटेको छ । आज होटल र टुरिजम, उत्पादनमूलक, म्यूचुअल फण्ड र निर्जीवन बीमा कम्पनीको सूचक घटेको हो । यसबाहेक सबैजसो कम्पनी समूहहरुको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण