पाकिस्तानी अधिकारीहरूद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार
मङ्गलबार, २३ माघ २०८०, १६ : २०
इस्लामाबाद । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए ।
पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटना स्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत उल्लेख गरेको छ । फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान शुरु गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले डुङ्गामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आइएसपिआरले जनाएको छ ।
पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै सङ्कटग्रस्त डुङ्गाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण