सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैन: मिनेन्द्र रिजाल
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए । उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए ।
‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नु छैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त । त्यो भन्दा खराब के होला । ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो,मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो’, उनले भने, ‘अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छौँ । पृथ्वी सुब्बा गुरुङले झुक्क्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फे-यै गर्छौँ बाँकी काम गर्नुपरेन । किनभने हिजो पनि भोट घट्दा सरकारम पुग्ने बाटो थियो भने आज यता किन हेर्नुप-यो । बालुवाटारको बैठकमा बसेर अर्को नेतासँग कुरा मिल्यो भने सत्ताबाट कसैले निकाल्न सक्दैन नि । त्यो भनेको मलाई सत्ता बाहेक बाँकी सत्य छैन । किनभने गठबन्धन बनाएर चुनाव लड्यौँ । प्रधानमन्त्री को हुने थाहा थिएन ।’
नेता रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण