अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास सुरु
काठमाडौँ । नेपाली सेना तथा अमेरिकी सेनाबिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास एक्स ब्यालेन्स नेल मंगलबारदेखि सुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औँ संस्करण हो ।
संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् । उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा मिति २०८० फाल्गुण २४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसिया लगायत देशहरूका सैन्य सङ्गठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ । यसै क्रममा आगामी फाल्गुण ०८ गतेदेखि २१ गतेसम्म श्री वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा ग्लोबल पिस इनिसिएटिभको सहयोगमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण