ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताएकी छन् । ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उनले बताएकी हुन् ।
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्– “ट्रेड युनियनलाई सदुपयोग गरेको भए केही समस्या हुन्थेन, दुरुपयोग भएकाले समस्या भएको हो ।”
केही अत्यावश्यक भन्ने उल्लेख भए कानुनको पाटोबाट त्यसलाई मिलाउनुपर्ने मन्त्री शर्माको भनाइ थियो । “विधेयकमा कर्मचारीका विषयमा केही लेखिएको रहेछ भने पनि त्यसमा हेरौँला । अन्यथा केही थपट र उल्लेख गर्न परेन भन्ने लाग्छ,” उनले भनिन् ।
त्यसअघि बैठकमा विधेयकमाथि संशोधनकर्ताका तर्फबाट सांसद महेश बर्तौलाले सुरक्षण मुद्रण राष्ट्रिय महत्वको विषय भएकाले नोटमा प्रयोग हुने कागज, मसीजस्तै पोलिमरलाई पनि समेट्नु उपयुक्त हुने सुझाव दिए । सुरक्षण मुद्रण राष्ट्रको गौरवसँग जोडिएका कारण संवेदनशील, विश्वसनीय र गोपनीयताको पाटोमा विशेष ख्याल पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि प्राविधिक दक्षतासहित स्थायी, समर्पित र प्रतिबद्ध कर्मचारीको आवश्यकमा जोड दिनुभयो ।
“मुलुकमा सुरक्षण मुद्रणको अभावमा बर्सेनि रु १२ अर्बभन्दा बढी रकम विदेश गइरहेकाले त्यसलाई अन्त्य गर्न सदनले कानुनी पाटोबाट सहयोग पुर्याउनुपर्छ”, सांसद बर्तौलाले भने ।
हामीले भित्र्याउने सुरक्षण मुद्रणबाट विदेशीले पनि सेवा लिन सक्ने कानुनी व्यवस्थाको अहिले नै सुनिश्चित गर्नेतर्फ सोच्न सांसद बर्तौलाले समितिको ध्यानाकर्षण गराए । सुरक्षित मुद्रण केन्द्र स्थापना गर्ने सोचअनुरुप सरकारले तीन वर्षअघि नै उक्त विधेयक दर्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण