किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू दराजमा
काठमाडौँ । टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा स्थापित किक लाइफस्टाइल दराजमा ३,००० भन्दा माथि मुल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ, जुन राष्ट्रिय प्रविधि उद्योगको लागि उल्लेखनीय उपलब्धि भएको बताइएको छ ।
कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो । नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ । जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ । यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र रु.३,१९९ मा उपलब्ध छ ।
त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य रू.२,१९९ राखिएको छ । त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ । यसको मुल्य रू.१,८९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण