बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका खेलाडीहरूलाई अबदेखि कर्णालीको पहिचान झल्किने पोसाक

बुधबार, २४ माघ २०८०, ०९ : १६
बुधबार, २४ माघ २०८०

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरूको लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लभ वन्यजन्तु, हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीको आकृति राखिएको छ । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम कर्णालीका खेलाडीहरूको लागि गेम पोसाक र मार्च पास पोसाक बनाएको परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल बताए । 

उनका अनुसार गेम पोसाक रातो र निलो गरी दुई रङ्गमा छ भने मार्च पास पोसाक एउटा रङ्गमा रहेको छ  । गेम पोसाक र मार्च पास पोसाक महिला र पुरुष दुवै खेलाडीहरूले लगाउन मिल्ने छ । पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी, सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ । 

पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ भने गेम पोसाकमा कर्णाली नदी,कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ वन्यजन्तु याक राखिएको छ । 

गेम पोसाकमा समेटिएको रातो रङ्ग, नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली बोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले भनाइ छ ।

सदस्य सचिव संज्यालका अनुसार मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनु पर्ने छ । यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कानुनी रूपमा नै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गर्ने छ । दर्ता पश्चात् अन्य प्रदेशले कर्णालीको रङ्गमा कुनै पनि पोसाक बनाउन पाउने छैन, यदि बनाएमा यसको कपि राइट लाग्ने छ । 

‘खेलाडीले प्रयोग गर्ने पोसाक हिजोका दिनमा खेल सकिए पश्चात् गैर खेलाडीहरूले जहाँ पनि प्रयोग गरेको पाइयो । त्यसले गर्दा खेलाडीले प्रयोग गर्ने पोसाकको महत्त्व धेरैले बुझेनन् यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर हामीले कर्णालीको आफ्नो छुट्टै पोसाक बनाउने निर्णय ग¥यौँ, ‘सदस्य सचिव संज्यालले भने, ‘अब देखि कर्णालीका खेलाडीहरूले प्रयोग गर्ने मार्च पास पोसाक र गेम पोसाक नियमित यही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप