उपासना फिल्ममा सफ्ट, कार्यक्रममा बोल्ड किन ?
काठमाडौंँ । अभिनेत्रीहरु फिल्ममा जस्तो भूमिका निर्वाह गरेपनि फिल्मी कार्यक्रममा भने बोल्ड देखिने गरेका छन् । जसले गर्दा दर्शक तथा मिडियाको ध्यान उनीहरुतिरै हुने गरेको छ । मंगलबार साँझ आयोजित फिल्म ‘हात्तीछाप’ को प्रिमियरमा पनि अभिनेत्री उपासनासिंह ठकुरीले त्यसैगरी सबैको ध्यान खिचिन् ।
उनको पहिरनले काठमाडौँको यो जाडोलाई नै चुनौती दिइरहेको थियो । वान पिस पहिरनमा बोल्र्ड लुक्सका साथ कार्यक्रममा उपस्थित उनले क्यामेराको अगाडि निर्धक्क तस्विर समेत खिचाएकी छन् । प्रिमिएरमा सहभागी अन्यले ज्याकेट र कोट लगाउन उनी भने ढुक्क रुपमा वानपिसमा सहभागी थिइन् ।
प्रिमिएर गरिएको फिल्ममा उनको भूमिकाको कुरा गर्दा उनी गाउँको एक युवतीको भूमिकामा छिन् । फिल्मका मुख्य पात्र दयाहाङ राईसँग प्रेम गर्ने युवतीको रुपमा देखिएकी उनको फिल्ममा पहिरन गुन्यो चोली र कुर्ता सुरुवाल छ । कार्यक्रममा भने उनी वान पिसमा देखिएकी छन् ।
उपासनाको अहिलेसम्मको अभिनयको कुरा गर्दा उनी फिल्ममा प्रिमिएरमा झै बोल्ड देखिएकी छैनन् । फिल्म ‘क्याप्टेन’ बाट अभिनयमा डेब्यु गरेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’, ‘२ नम्बरी’, ‘डिसेम्बर फल्स’ लगायतमा सफ्ट भुमिकानै निर्वाह गरेकी छन् । उनको भूमिका सफ्ट हुने भएपछि पहिरन बोल्ड हुने त कुरो भएन नि ।
प्रिमियरमा बोल्ड पहिरनबाट सबैको ध्यान खिच्न सफल उनले फिल्म अभिनयबाट तारिफ बटुलिन् । धेरैले उनको कामको खुलेरै प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण