फस्ट बेञ्चर खरदार भए, लास्ट बेञ्चर म मुख्यमन्त्री भएँ : केदार कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक सामुदायिक विद्यालयमा दिएको अभिव्यक्ति भाइरल बनेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालय तथा स्कुलका ट्यालेन्ट विद्यार्थी (फस्ट बेन्चर)हरू खरदार भएको तर आफू लास्ट बेञ्चर भएपनि मुख्यमन्त्री बनेको दाबी गरेका थिए ।
उनले गरेको यो भाषणको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । दुई दिनअघि भाषण गरेको उनले भनेका थिए, ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।’
कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताएका छन् । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास ग¥यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन’, उनले भाषणमा भनेका छन्, ‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।’
उनले अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने बताए । ‘चाणक्यले कुन विश्व विद्यालयमा पीएचडी गरेका थिए ? मलाई देखाइदिनुस्’, उनले विद्यार्थीलाई प्रश्न समेत गरेका छन् । मुख्यमन्त्रीले गरेको भाषणप्रति विद्यार्थीले समर्थनमा हुटिङ लगाएको सार्वजनिक भिडियोमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण