आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा बामदेवको प्रश्न : यो अपमानजनक पदबाट कहिले मुक्त हुन पाइएला ?

बुधबार, २४ माघ २०८०, १२ : ३१
बुधबार, २४ माघ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफूलाई अपमानजनक पदबाट कहिले मुक्त हुन पाइएला भन्ने लागिरहेको बताएका छन् । मङ्गलवारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् । उनले देश अर्थतन्त्रका हिसाबले धराशायी भएको भन्दै यसलाई सुधार गर्न सकिने भए पनि यसअघिका सरकारले जिम्मेवारी नै बहन गर्न नसकेको बताए ।

आर्थिक अवस्था र देशको अवस्थाबारे धारणा राख्दै गौतमले भने, ‘र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने मलाइ लाग्छ ।’ सरकारमा भएकाले मात्रै यो अवस्थाको जिम्मेवारी बहन गर्नुपर्ने नभई सबैले नेपाल समृद्ध बनाउने कुरामा सोच्नुपर्ने गौतमको भनाइ छ ।

‘यसमा सबैले चिन्तन मनन गर्नुपर्छ’, गौतमले भने, ‘यो सरकार मात्रै होइन, पूर्ववर्ती कुनै पनि सरकारले अर्थतन्त्र सुधारका लागि प्रयत्न गरेनन् ।’ उनले नयाँ संविधान जारी पछि आजसम्म भएका कुनै पनि प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा समेत प्रस्तुत गर्न नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप