दुई उद्यमी युवाले पाए विश्वविद्यालय अनुदान आयोगको ४० लाख बराबरको बीज रकम
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित प्रेसिडेन्सी कलेज अफ मेनेजमेन्ट साइन्समा अध्ययनरत दुई विद्यार्थीले ४० लाख बराबरको बीज रकम अवार्ड पाएका छन् ।
उक्त कलेजको एमबीएमा अध्ययनरत ई. प्रवीण काफ्ले र संगिन सापकोटाले विश्वविद्यालय अनुदान आयोगको इन्टरप्रेनरसिप सपोर्ट प्रोग्राम अन्तर्गत ४० लाख बराबरको बीज रकम अवार्ड पाएका हुन् ।
वर्तमान सन्दर्भमा नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि पलायन भइरहेको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरूमा उद्यमशीलता विकास गर्ने र स्वदेशमै अवसरहरूको सिर्जना गर्नको लागि यो खालको कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याएको जनाइएको छ ।
देशभरबाट कुल ४२ प्रतिस्पर्धीले आफ्नो योजना प्रस्तुतीकरण गरेपश्चात् अन्तिम बीज रकमको लागि कुल २१ जनाको नाम सार्वजनिक भएको छ । जसमध्ये प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइसेन्स भरतपुर, एनसीआईटी कलेज काठमाडौँ, बागेश्वरी कलेज भक्तपुर, पुलचोक क्याम्पस ललितपुर लगायत करिब १ दर्जन क्याम्पस/कलेज रहेका छन् ।
विश्वविद्यालय अनुदान आयोगले बोकेका विभिन्न चरणका प्रक्रियाहरू सम्पन्न गरी प्रेसिडेन्सी कलेजका अन्य थप २ जना (प्रबिना शाह ( आर्ट स्पेस) ले ३५ लाख र सन्तोष कँडेल (मेरो किनमेल) ले पनि २४ लाख बीज रकम प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण