शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई उद्यमी युवाले पाए विश्वविद्यालय अनुदान आयोगको ४० लाख बराबरको बीज रकम

बुधबार, २४ माघ २०८०, १२ : ४९
बुधबार, २४ माघ २०८०

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित प्रेसिडेन्सी कलेज अफ मेनेजमेन्ट साइन्समा अध्ययनरत दुई विद्यार्थीले ४० लाख बराबरको बीज रकम अवार्ड पाएका छन् ।

उक्त कलेजको एमबीएमा अध्ययनरत ई. प्रवीण काफ्ले र संगिन सापकोटाले विश्वविद्यालय अनुदान आयोगको इन्टरप्रेनरसिप सपोर्ट प्रोग्राम अन्तर्गत ४० लाख बराबरको बीज रकम अवार्ड पाएका हुन् । 

वर्तमान सन्दर्भमा नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि पलायन भइरहेको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरूमा उद्यमशीलता विकास गर्ने र स्वदेशमै अवसरहरूको सिर्जना गर्नको लागि यो खालको कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

देशभरबाट कुल ४२ प्रतिस्पर्धीले आफ्नो योजना प्रस्तुतीकरण गरेपश्चात् अन्तिम बीज रकमको लागि कुल २१ जनाको नाम सार्वजनिक भएको छ ।  जसमध्ये प्रेसिडेन्स कलेज अफ म्यानेजमेन्ट साइसेन्स भरतपुर, एनसीआईटी कलेज काठमाडौँ, बागेश्वरी कलेज भक्तपुर, पुलचोक क्याम्पस ललितपुर लगायत करिब १ दर्जन क्याम्पस/कलेज रहेका छन् । 

विश्वविद्यालय अनुदान आयोगले बोकेका विभिन्न चरणका प्रक्रियाहरू सम्पन्न गरी प्रेसिडेन्सी कलेजका अन्य थप २ जना (प्रबिना शाह ( आर्ट स्पेस) ले ३५ लाख र सन्तोष कँडेल (मेरो किनमेल) ले पनि २४ लाख बीज रकम प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप