एनआईबिएल स्टेबल फण्ड इकाई बाँडफाँड, ११ करोड ३० लाख इकाई कायम
काठमाडौँ । एनआईबिएल स्टेबल फण्ड इकाईहरु बाँडफाँट भएको छ । एनआईएमबिएस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल स्टेबल फण्ड’को बुधबार बाँडफाँड भएको हो ।
कम्पनीले माघ २ देखि माघ १६ गतेसम्म प्रतिइकाई १० रुपैयाँ बराबर १० करोड इकाईहरु बिक्री खुल्ला गरेको थियो । उक्त सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला अवधिभर रितपूर्वक ३९ हजार २७१ जना आवेदकहरुले ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका आवेदन परेको कम्पनीले जनाएको छ ।
तथापि, निष्कासन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँट गर्न सकिने हुँदा सोही अनुसार नै माघ २४ गते इकाईहरुको बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको इकाई निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँले कम्पनीको इकाई बाँडफाँड गरी बीज पुँजी सहित योजनाको आकार एक अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण