मित्रमिलन सहकारी ठगी प्रकरण : पक्राउ परेका भण्डारी ७ लाख धरौटीमा रिहा
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई ७ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
भण्डारी सोमबार पक्राउ परेका थिए । उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा छोड्ने आदेश आएको श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनले सहकारीका सञ्चालक समितिसँग मिलेर रकम दुरुपयोग गरेको आरोप थियो ।
सहकारीमा सम्बद्ध ६ जना थुनामा छन् भने २ जना रिहा भएका छन् । भण्डारीसँगै लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि धरौटीमा रिहा गरिएको छ । अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सहकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।
सहकारीको कार्यक्षेत्र थप्नेका लागि घुस लिएको आरोप लागेका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पनि अहिले थुनामा छन् । सहकारीका ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २५ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण