शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मित्रमिलन सहकारी ठगी प्रकरण : पक्राउ परेका भण्डारी ७ लाख धरौटीमा रिहा

बुधबार, २४ माघ २०८०, २३ : ००
बुधबार, २४ माघ २०८०

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई ७ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

भण्डारी सोमबार पक्राउ परेका थिए । उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा छोड्ने आदेश आएको श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनले सहकारीका सञ्चालक समितिसँग मिलेर रकम दुरुपयोग गरेको आरोप थियो ।

सहकारीमा सम्बद्ध ६ जना थुनामा छन् भने २ जना रिहा भएका छन् । भण्डारीसँगै लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि धरौटीमा रिहा गरिएको छ । अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सहकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् । 

सहकारीको कार्यक्षेत्र थप्नेका लागि घुस लिएको आरोप लागेका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पनि अहिले थुनामा छन् । सहकारीका ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २५ जना अझै फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप